आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौं : वरिष्ठ नेता गौतम

नेपालखोज २०८२ भदौ १४ गते २१:५६

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।’

‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उनले बताए । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाउनुभएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेशपछि आज धनगढीमा भएको पार्टीको बैठकमा उहाँ पहिलोपटक सहभागी भएका हुन् ।

प्रतिक्रिया