बिहीबार, पुष ३, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

नेपालखोज २०८२ भदौ १५ गते १३:४३

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध गाँजा १ सय ३८ किलो ८ सय ग्राम सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका–८ घर भएका २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सबिन तामाङ, दोलखा सैलुङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सागर तामाङ, मकवानपुर राक्सिराङ गाउँपालिका–१ गडवाल बस्ने ३० वर्षीय प्रेमराज मोक्तान र सोही ठाउँ बस्ने २ जना किशोर रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा समेतबाट खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००२ ज ६५४९ नम्बरको ईभि गाडीबाट १ सय १२ किलो ७ सय ९० ग्राम गाँजा फेला पारी चालक सुदिप तथा गाडीमा सवार सबिन र सागरलाई पक्राउ गरेको हो । साथै बा.प्र.०६–००१ ज ०५०३ नम्बरको ईभि गाडीबाट २६ किलो १० ग्राम गाँजा फेला पारी गाडीमा सवार प्रेमराज र २ जना किशोरलाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राँझा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ८० ट्याब्लेट सहित जुम्ला सिंजा गाउँपालिका–७ बस्ने २५ वर्षीय नबिन तिवारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम, नगद ५ हजार रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरेन्द्रनगर नगरपालिका–१२ नेवारे बस्ने २८ वर्षीय निरज बाबु राई, २४ वर्षीय विशाल राई र २१ वर्षीय अनोज थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भे.३ प ४८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको भगवानपुर गाउँपालिका–१ भगवानपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुबनी लौकही पञ्चायत झौहरी ग्राम घोवयाही–१ बस्ने २४ वर्षीय मो. मिस्टर, २३ वर्षीय मोहमद मुस्तफा, भारत बिहार मधुबनी खुटौना पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि बस्ने ३८ वर्षीय अख्तर हुसेन र सप्तरी खडक नगरपालिका–६ बस्ने ४२ वर्षीय आविद हुसेन रहेका छन् । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बिआर ३२ एएक्स १४८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका–५ बस्ने २९ वर्षीय सुबाश वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ५० मिलिग्राम सहित मोरङ बेलबारी नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्र बहादुर गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा.४६ प ८४०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारी बस्ने ३८ वर्षीय किरण राजवंशीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनले संचालन गरेको दिवाकर फर्ममा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ५३ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–१० बस्ने २२ वर्षीय नितेश पनेरू, भीमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय प्रदिप नाथ र ३१ वर्षीय पारस शाह रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०३ सि ३८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–८ बगालेटोल बस्ने ३५ वर्षीय लक्ष्मण कुवँरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मण समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–६ खोपिल्टो गाउँस्थित ना.६ त ८९९९ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा शनिबार दिउँसो दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका–१२ रामथली बस्ने वर्षीय ३३ वर्षीय बुद्धिलाल थिङको घटनास्थलमै मृत्यु भएको छ ।

बाँकेको जानकी गाउँपालिका–४ नहरचोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने शुभ प्रसाद सोनीको छोरा ९ वर्षीय सुमर कुमार सोनीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेज नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु

सिरहा नगरपालिका–४ रमौल बस्ने इद महमदको छोरा १५ वर्षीय मो अम्मादको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सिराहाको लहान नगरपालिका–१९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया