रास्वापाले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने
नेपालखोज
२०८२ भदौ १५ गते २०:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर–९ अञ्चलपुर निवासी थापाले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया