डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्याे

नेपालखोज २०८२ भदौ १५ गते २०:५६


काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको निगमले जनाएकाे छ ।

पेट्रोलको मूल्य काठमाडौं पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, बीरगञ्जमा १५८‍५० पैसा यथावत् छ ।

प्रतिक्रिया