बिहीबार, मंसिर २५, २०८२

एनआइएमबि एस क्यापिटलको रोड टु आईपीयो कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ भदौ १५ गते २१:५८

काठमाडौं । एनआईबिएल एस क्यापिटलले पायोनियर ल एसोसिएट्स र आईक्रा नेपाल लिमिटेडसंगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा रोड टु आईपिओ नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए ।

पायोनियर ल एशोसिएट्सका म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे ।

एनआईएमबी एस क्यापिटलका लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे ।

यसका अतिरिक्त आईक्रा नेपालका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।

यस पहलकदमी मार्फत एनआईएमबी एस क्यापिटल र पायोनियर ल एशोसिएट्सले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरुलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पूनः पुष्टि गरे ।

प्रतिक्रिया