बागमती प्रदेशसभा बैठक बस्दै
नेपालखोज
२०८२ भदौ १६ गते १०:२२

काठमाडाैं । बागमती प्रदेशसभा बैठक बस्दै छ । सोमबार बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने छ ।
प्रदेशसभाको उक्त बैठकमा विशेष समयको कार्यसूची रहेको छ । विशेष समयमा सांसदहरूले समयसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा विकास निर्माण र निर्वाचन क्षेत्रका समस्या बारे आफ्ना धारणा राख्नेछन् ।
विशेष समयमा प्रत्येक सांसदलाई २ मिनेटको समय निर्धारण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा बोल्ने सांसदको लिस्ट लामो रहेकाले उक्त समय निर्धारण गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया