बिहीबार, मंसिर २५, २०८२

एनआईसी एसिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम माग भन्दा बढी आवेदन

नेपालखोज २०८२ भदौ १६ गते १६:२१

काठमाडौं । एनआईसी एसिया इक्वीटी लिङ्कड इन्भेस्टमेन्ट स्किम माग भन्दा बढी आवेदन परेको छ ।

एनआईसी एसिया क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आई सी एसिया इक्वीटी लिङ्कड इन्भेस्टमेन्ट स्किमको पहिलो चरणमा बीज पुँजीसहित १० रुपैयाँ अङ्कित दरका पाँच करोड इकाई यही साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा उक्त समयमा बीज पुँजी सहित जम्मा ८२ हजार आठ सय २८ जना आवेदकबाट जम्मा ७४ करोड तीन लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो पहिलो चरणमा माग गरिएको इकाई भन्दा एक दशमलव ४८ गुणा भन्दा बढी रहेको छ ।

एनआईसी एसिया इक्वीटी लिङ्क इन्भेस्टमेन्ट स्किम एन आई सी एसिया क्यापिटलबाट सञ्चालित दोस्रो खुला मुखी योजना हो ।

उक्त योजनाको पहिलो चरणमा १० रुपैयाँ अङ्कित दरका पाँच करोड इकाई अर्थात् ५० करोड रुपैयाँ बराबरको इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भए तापनि नेपाल धितो पत्र बोर्डबाट उक्त योजनाको आकार बीज पुँजीसहित एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृत प्राप्त भएको तथा उक्त योजनाको स्वीकृत विवरण पत्रमा समेत अधिकतम सकारिने इकाई बीज पुँजीसहित १० करोड इकाई अर्थात् एक अर्ब सम्म पुर्याउन सकिने व्यवस्था रहेछ ।

एनआईसी एसिया इक्वीटी लिङ्कड इन्भेस्टमेन्ट स्किमको इकाई खरिदका लागि सार्वजनिक निष्कासनको समयमा रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिने ब्यहोरा समेत कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया