बिहीबार, मंसिर २५, २०८२

मञ्जुश्री फाइनान्स अब आफ्नै भवनमा

नेपालखोज २०८२ भदौ १६ गते २०:३९

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय का.म.न.पा. ११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका संचालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारी गरेको फाईनान्सले जानकारी दिएको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने बताए । नयाँ बानेश्वर स्थित साविकको शाखा कार्यालयलाई यथावत राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो ।

हाल सम्म करिव २३ अर्ब ५० करोड रुपैंयाँ निक्षेप संकलन गरि करिव १९ अर्ब कर्जा परिचालन गरेको फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ । फाईनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराउदै आईरहेको छ ।

हाल सम्म एक लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्याउदै आईरहेको मन्जुश्री फाईनान्स देशकै अग्रणी फाईनान्स कम्पनीको रुपमा रहेको दावी पनि फाईनान्सले गरेको छ ।

प्रतिक्रिया