बुधबार, पुष ९, २०८२

सुनको मूल्य बढ्यो, तोलामा २ लाख ६ हजार नजिक

नेपालखोज २०८२ भदौ १७ गते १०:४५

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया