अर्घाखाँचीमा घरभित्रै खाडल खनेर श्रीमतीलाई गाडेको आरोपमा श्रीमान् पक्राउ

नेपालखोज २०८२ भदौ १७ गते १३:३९

काठमाडाैं । अर्घाखाँचीमा घरभित्रै खाडल खनेर गाडेको अवस्थामा ३४ वर्षीया सुनिता कुमाल गुरुङकाे शव भेटियो छ ।

३४ वर्षीया श्रीमतीकाे हत्या गरेको आरोपमा छत्रदेव गाउँपालिका- ४ पातले बस्ने ३६ वर्षीय किरण गुरुङ पक्राउ परेका छन् ।​ उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव भेटिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया