नेप्सेमा दोहोरो अंकले गिरावट, चार अर्ब ४३ करोडकाे काराेबार

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १९ दशमलव ८९ अंकले घटेर २ हजार ७४१ दशमलव ९७ अंकमा झरेको छ ।
नेप्सेमा आज ३२३ वटा कम्पनीहरुको ८९ हजार ७७५ पटकको कारोबारमा एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । याे मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव २२ अंकले घटेर १४ सय ४१ दशमलव ४९ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि २२ दशमलव ७४ अंकले घटेर पाँच हजार ७५६ दशमलव ७४ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि २१ दशमलव ३० अंकले घटेर २३ सय ९८ दशमलव ७० अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि ३३ दशमलव ९२ अंकले घटेर तीन हजार चार सय ७६ दशमलव ७० अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि ३९ दशमलव शुन्य पाँच अंकले घटेर १२ हजार ८९१ दशमलव ६० अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ८७ दशमलव ९१ अंकले घटेर १२ हजार ३२९ दशमलव शुन्य एक अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

प्रतिक्रिया