दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

नेपालखोज २०८२ भदौ १७ गते १६:१२

काठमाडौ् । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३:१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएकाे हाे ।

आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो ।

प्रतिक्रिया