बिहीबार, पुष ३, २०८२

गोंगबुको एक घरमा छापा, चार करोड नगद बरामद

नेपालखोज २०८२ भदौ १७ गते १६:३६

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरबाट ठूलो परिणामको पैसा र सुन बरामद गरेको छ । घरमा छापा मारेसँगे प्रहरीले मंगलबार झण्डै चार करोड नगद बरामद गरेको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार प्रहरी टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । यस क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाका विनोद श्रेष्ठ रहेका छन् ।

अहिले घटनास्थलमा काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीसमेत पुगेका छन्। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया