‘विगतमा भएका गल्तीबाट पाठ सिक्दै त्रुटिलाई अबको बैठकमा दोहरिन दिइने छैन’

नेपालखोज २०८२ भदौ १७ गते १८:४३

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ईश्वरीदेवी न्यौपानेले समितिलाई प्रभावकारी ढंगले अघि बढाउन आफू जिम्मेवारीपूर्वक लाग्ने बताएकी छन् ।

उनी समितिको सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मंगलबार बसेको बैठकमा सभापति न्यौपानेले निष्पक्ष, पारदर्शी र परिणाममूखी कार्यका लागि संकल्प समेत गरिन् ।

उनले विधेयक निर्माणमा विगतमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्ने र त्रुटिलाई अवको बैठकमा दोहरिन नदिने जिकिर गरे ।

सभापति न्यौपानेले समितिमा रहेका र समितिमा आउने महत्वपूर्ण विधेयकहरुमाथि गहन छलफल गरेर समयमा नै अघि बढाउन सवै समिति सदस्यहरुलाई साथमा लिएर अघि बढ्ने उल्लेख गरिन् ।

बैठकमा यसअघिका सभापति रामहरि खतिवडाले समितिको माइन्युट हस्तान्तरण गरेका थिए । त्यस्तै सभापति न्यौपानेलाई शुभाकामना दिँदै समिति सदस्यहरुले विधेयक निर्माणमा विगतको जस्तो त्रुटि नहुने गरी ध्यान दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया