कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध
नेपालखोज
२०८२ भदौ १७ गते १८:५४

काँक्रेविहार (सुर्खेत) । आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पहिरो गएसँगै आज बेलुकी ६ः०० बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोखिएको उनले जानकारी दिए । -रासस
सम्बन्धित

प्रतिक्रिया