पुतलीसडकमा माइक्रोले ठक्कर दिँदा दुई जना घाइते
नेपालखोज
२०८२ भदौ १८ गते ११:३४

काठमाडौं । पुतलीसडकमा माइक्रो भ्यानले ठक्कर दिँदा दुई जना बालबालिका घाइते भएका छन् ।
बुधबार पौने १० बजेतिर काठमाडौं-२८ शंकरदेव क्याम्पस नजिकै बा प्र ०१-००२ च ८३२२ नम्बरको भ्यानले दुई जना बालबालिकालाई ठक्कर दिए प्रहरीले जनाएकाे छ ।
भ्यानको ठक्करबाट धनकुटाकी ५ वर्षीया बालिका र ९ वर्षीय बालक घाइते छन् ।
बालिकाको अवस्था सामान्य छ भने बालकको अवस्था गम्भीर छ । बालकको उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ । बालकको टाउकोमा चोट लागेको छ ।
भ्यान चालक सिन्धुपलान्चोक घर भई भक्तपुर बस्ने २९ वर्षीय रामहरी बिष्ट प्रहरीको नियन्त्रणमा छन् ।
सम्बन्धित

प्रतिक्रिया