मंगलबार, पुष १, २०८२

२५ दिनको लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपालखोज २०८२ भदौ १८ गते १३:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि २५ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती असोज १२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया