१५.६४ अंकले घट्दा चार अर्ब ७२ करोडको शेयर कारोबार

नेपालखोज २०८२ भदौ १८ गते १५:३६

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । नेप्से आज पनि १५ दशमलव ६४ अंकले घटेर २७ सय २६ दशमलव ३३ अंकमा झरेको छ ।

नेप्सेमा आज ३२६ वटा कम्पनीहरुको ६८ हजार पाँच सय ९४ पटकको कारोबारमा एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ९४ अंकले घटेर १४ सय ३३ दशमलव ५४ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ४९ दशमलव २२ अंकले घटेर पाँच हजार सात सय सात दशमलव ५१ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि १८ दशमलव ३६ अंकले घटेर २३ सय ८० दशमलव ३३ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ३२ दशमलव ४३ अंकले घटेर ३ हजार ४४४ दशमलव २७ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ७२ दशमलव ५९ अंकले घटेर १२ हजार आठ सय १९ दशमलव शुन्य एक अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ४९ दशमलव २९ अंकले घटेर १२ हजार दुई सय ७९ दशमलव ७२ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लिर्वर्टी इनर्जी कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनियन हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया