नेपाल टेलिकमको सीआरबीटी सेवा पुन: शुरू

नेपालखोज २०८२ भदौ १९ गते १२:०७

काठमाडाैं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक कारणले अवरुद्ध भएकोमा अब पुन: सुचारु भएको छ ।

अहिले सीआरबीटी सेवा पहिलेझैँ प्रयोग गर्न सकिने अवस्था बनेको टेलिकमले जनाएको छ ।

यसअघि मंगलबारदेखि सेवा बन्द भएको थियो ।

प्रतिक्रिया