६.५५ अंकले घट्दा पाँच अर्ब १४ करोडको शेयर किनबेच

नेपालखोज २०८२ भदौ १९ गते १५:५३

काठमाडौं । नेप्से घटेको छ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि छ दशमलव ५५ अंकले घटेर २७ सय १९ दशमलव ७७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६९ हजार २४ पटकको कारोबारमा एक करोड २७ लाख एक हजार ९७ कित्ता शेयर किनबेच भएकोमा कुल करोबार रकम पाँच अर्र्ब १४ करोड ४३ लाख २२ हजार दुई सय ५८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । जसमध्ये सामुहिक लगानी कोष र व्यापार समुहको सुचक क्रमशः शुन्य दशमलव शुन्य दुई र २३ दशमलव ४६ अंकले बढेका छन् ।

वाणिज्य बैंक समुहको सुचक भने चार दशमलव ५३ अंकले घटेर १४ सय २९ दशमलव शुन्य एक अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २२ दशमलव २४ अंकले घटेर पाँच हजार छ सय ८५ दशमलव २७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि आठ दशमलव ८९ अंकले घटेर २३ सय ७१ दशमलव ४४ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक अंकले घटेर ३४ सय ४३ दशमलव २६ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ५० दशमलव ५६ अंकले घटेर १२ हजार सात सय ६८ दशमलव ४४ अंकमआ झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १३ दशमलव २६ अंकले घटेर १२ हजार दुई सय ६६ दशमलव ४५ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रोपावर पब्लिक लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया