मेटाले नेपालमा दर्ताबारे देखायाे चासो

नेपालखोज २०८२ भदौ १९ गते १८:५७

काठमाडाैं । फेसबुक लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने मेटाले नेपालमा दर्ताबारे चासो देखाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो ।

दर्ता नगरेको भन्दै सरकारले फेसबुकसहितका २६ समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन मेटाका कर्मचारीले सञ्चार मन्त्रालयमा दर्ताबारे सोधखोज गरेका हुन् । 

सरकारले बिहीबारमात्रै सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय गरेको थियो । त्यसपछि मेटा सम्पर्कमा आएको हो । मेटाले फेसबुक, वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जर सञ्चालन गर्ने गर्छ ।

प्रतिक्रिया