ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

नेपालखोज २०८२ भदौ २० गते १६:१२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ ।

मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधि, सुशासन र सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो । यससँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेस्ट बैंक अवार्ड हात पारेको छ ।

यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले सो अवार्ड जितिसकेको थियो । ग्लोबल आइएमई बैंक देशभर सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया