प्राइम एसोसिएट्सद्धारा बिक्रेता नियुक्त

काठमाडौं । विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री-वितरण गर्दै आएको प्राइम एसोसिएट्स विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन हुने जोन डियरे ग्रुप अन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच विटगन ग्रुपका एमडी, सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सो अवसरमा नयाँ ग्राहकलाई ती उपकरणको चाबी समेत हस्तान्तरण गरियो ।
सो अवसरमा एमडी, सीईओ रमेश पलागिरीले विश्वमै उत्कृष्ट निर्माण उपकरण मानिने विटगन ग्रुप अन्तर्गतका इक्विपमेन्ट नेपाली बजारमा धेरै ग्राहकले रुचाइरहेको र आगामी दिनमा यसको प्रयोग अझै बढ्ने अपेक्षा गरे ।
प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले लामो समय देखि यही क्षेत्रमा क्रियाशील भएको र हाल नयाँ ब्रान्डमार्फत नेपाली ग्राहकलाई थप गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । प्राइम एसोसिएट्सले विगत १८ वर्ष देखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट सम्बन्धी कारोबार गर्दै आएको छ । यस अनुसार सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसर लगायतको कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले कंक्रिटिङका लागि चाहिने सेल्फ लोडिङ मिक्सचर समेत उपलब्ध गराइरहेको छ ।
हाल विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनस्र्थापना कार्यका लागि बिक्री–वितरण भइरहेका छन् । विटगन ग्रुपबाट उत्पादित विटगन, भोग्ले, ह्याम र क्लिम्यान लगायतका विभिन्न ब्रान्डका उपकरणहरू नेपालका सड़क तथा विभिन्न परियोजना लगायत सम्पूर्ण आधारभूत संरचना निर्माणका लागि गुणस्तरयुक्त मेसिन/औजार भएको सगौरव जानकारी गराउँदछौ ।
१०० वर्ष भन्दा लामो इतिहास भएको विटगन ग्रुप सन् १९९५ मा भारतको पुनेमा स्थापित एक अन्तर्राष्ट्रिय रुपमा सक्रिय बहुराष्ट्रिय निर्माण उपकरण निर्माता कम्पनी हो । यो समूह सडक निर्माण उद्योगमा गुणस्तरीय र नवीनतम प्रविधिको मेसिनरी प्रदान गर्ने एक महत्वपूर्ण र भरपर्दो साझेदारका रुपमा परिचित छ ।
नेपालको सडक निर्माणमा विश्वसनियता प्राप्त गरेका ह्यामका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोग्लेका सडक पेभिङ गर्ने मेसिनका साथै विटगन ब्रान्डको मिलिङ मेसिन र सर्फेस माइनर जस्ता उपकरण उपलब्ध छन् । क्लिम्यानका उत्पादनहरु ढुंगा क्रसिङ गर्न तथा खानी संचालन गर्न, खानीमा खनिएका ढुंगा तथा खनिजहरुलाई सानो बनाउन प्रयोग गरिन्छ ।
यसै बिच ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी लन्च गरिएको छ । ह्याम ब्रान्ड सडक निर्माणको क्रममा प्रयोग हुने रोलर र स्वाइल कम्प्याक्टरको विशेषज्ञ नै मानिन्छ । विभिन्न भेरिएन्टमा उपलब्ध हुने सो मिनी रोलरमा दुई भाइब्रेटिङ रोलर ड्रम उपलब्ध छन् । सो रोलरमा बेस्ट इन क्लास पावर र इको–फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी छ ।
वजनलाई चारैतिर बराबर फैलाउन र अन-सेन्टर फिल गराउनका लागि थ्री-पोइन्ट आर्टिक्युलेसन उपलब्ध छ । इर्गोनोमिक ड्राइभर प्लेटफर्म, मेसिन र कन्स्ट्रक्सन साइटको उत्कृष्ट भ्यु तथा इन्टेलिजेन्ट वाटर स्प्रिङक्लर सिस्टम जस्ता विशेषता यसमा रहेका छन् ।
नेपालमा विटगनका उत्पादनहरु धेरै निर्माण कार्यमा सफलतापूर्वक प्रयोग भइरहेका छन् । देशभर यसको सर्भिस नेटवर्क उपलब्ध छ । दक्ष प्राविधिकमार्फत बिक्री पछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्स समेत उपलब्ध छ ।

प्रतिक्रिया