११ अंकले घट्दा चार अर्ब ४० करोडको शेयर काराेबार

नेपालखोज २०८२ भदौ २२ गते १५:४८


काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं नेप्से घटेको छ । नेप्से आज ११ दशमलव ५२ अंकले घटेर २७ सय आठ दशमलव २५ अंकमा झरेको छ ।

नेप्सेमा आज ३३४ वटा कम्पनीहरुको ५८ हजार ८७ पटकको कारोबारमा एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४० करोड २७ लाख ६७ हजार दुई सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक दुई दशमलव ३९ अंकले बढेर २३ सय ७३ दशमलव ८४ अंकमा चढेकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव २७ र शुन्य दशमलव शुन्य आठ अंकले बढेका छन् । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक नौं दशमलव ३४ अंकले घटेर १४ सय १९ दशमलव ६६ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि चार दशमलव ९० अंकले घटेर पाँच हजार छ सय ८० दशमलव ३६ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि २३ दशमलव ४५ अंकले घटेर ३४ सय १९ दशमलव ८१ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ५१ दशमलव ६४ अंकले घटेर १२ हजार सात सय १६ दशमलव ७९ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २२ दशमलव ८६ अंकले घटेर १२ हजार दुई सय ४३ दशमलव ६९ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ३३ दशमलव ११, शुन्य दशमलव ५७, नौं दशमलव ४३, आठ दशमलव ७१ र नौं दशमलव ८९ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमस्टार इर्र्नर्जी कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनियन हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ

प्रतिक्रिया