‘जेनजी’ प्रर्दशनकारीले पूर्वगृहमन्त्री खाँणको घरमा गरे तोडफोड
नेपालखोज
२०८२ भदौ २३ गते १७:३६

काठमाडाैं । ‘जेनजी’ प्रर्दशनकारीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड गरेका छन् । ‘जेनजी’ प्रर्दशनकारीको एक समूहले तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका जनाइएकाे छ ।
प्रर्दशनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया