प्रधानमन्त्रीको राजीनामा, मध्यावधि निर्वाचन र गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाहीको रास्वपाद्वारा माग
नेपालखोज
२०८२ भदौ २३ गते १९:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकारको औचित्य समाप्त भएकाे जनाएकाे छ । रास्वपाले वर्तमान सरकारको औचित्य समाप्त भएकाे भन्दै मध्यावधि निर्वाचनको माग पनि गरेको छ ।
‘जेनजी पुस्ता’को आन्दोलनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा समेत माग गरेको छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री रमेश लेखकलगायत सबै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । अर्ली इलेक्सनको माग रास्वपाले राखेको हो ।
सम्बन्धित

प्रतिक्रिया