संयमता अपनाउँदै वार्ता र संवादबाट समाधान खोज्न चन्द्र भण्डारीको अपिल
नेपालखोज
२०८२ भदौ २४ गते २०:४५

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
आज एक अपिल प्रकाशित गर्दै नेता भण्डारीले सरकारी संरचना र निकायलाई पनि नागरिककै सम्पत्ति भन्दै थप मानवीय तथा भौतिक क्षति हुन नदिने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सुझाव दिएका हुन् ।
‘मुलुक हामी सबैको हो । जनता नै सार्वभौम हुन्, युवा वर्तमान र भविष्य हुन् । हामीले कलिला छोराछोरी गुमायौँ, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना छ’, उनले भनेका छन् ।
सम्बन्धित

प्रतिक्रिया