सेनाको गस्ती टोलीद्वारा टोलमा खोलिएका पसल बन्द गर्न आग्रह
नेपालखोज
२०८२ भदौ २५ गते १०:३७

काठमाडौं । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन् ।
काठमाडौं उपत्यकासहित देशभर सेनाको गस्ती टोलीद्वारा टोल-टोलमा खोलिएका पसल पनि बन्द गर्न आग्रह गरिरहेका छन् । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुन: आग्रह गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया