मैवाखोलामा पहिरो, एक बेपत्ता
नेपालखोज
२०८२ भदौ २५ गते १३:२५

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–६ च्यानडाँडा क्षेत्रमा गएको पहिरोले स्थानीय लाक्पा खाङ्डु शेर्पा (चेप्टे शेर्पा)को घर पुरेको छ । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार घरमा रहेका शेर्पाका तीन नातिनातिनी भने भेटिएका छन् ।
तीन जनामध्ये एक जना घाइते भएका छन् भने लाक्पा खाङ्डु शेर्पा भने बेपत्ता भएका छ । अविरल वर्षाका कारण अहिले बिहान पहिरो गएको थियो । गाउँपालिकाले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
उक्त ठाउँको थप अवस्था बुझ्ने र उद्धारका लागि पहल भइरहेको अध्यक्ष वनेमले बताए ।
सम्बन्धित

प्रतिक्रिया