सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह

नेपालखोज २०८२ भदौ २५ गते १६:०७

सिमकोट, (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ । सोमबार र मङ्गलबार मुलुकको राजधानी काठमाडौंसहित देशभर जेनजीद्वारा गरिएको प्रदर्शनका कारण मानवीय तथा भौतिक संरचनामा क्षति भएपछि यहाँका होटल, व्यवसायहरू आज बिहानैदेखि बन्द भएका हुन् ।

सदरमुकाममा रहेका होटल, विभिन्न खाद्यान्नका पसललगायत व्यवसायीले आफ्नो सुरक्षालाई मध्यनजर गर्दै व्यवसाय बन्द गरेका हुन् । बालमन्दिर चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका लोकेन्द्र सुनारले भने, देश आन्दोलनले शिथिल भएको छ, यहाँ पनि त्यस्ता घटना नघटुन् भनेर हामीले पसलहरू बन्द गरेका हौँ । देशैभर नेपाली सेना सुरक्षामा तैनाथ छ, हुम्लामा पनि सुरक्षाकर्मी बिहानैदेखि विभिन्न चोकहरूमा छन् । तर पनि आन्दोलनको भर नहुने भएकाले पसलहरू बन्द गरिएका हो ।

व्यवसाय सञ्चालनमा ल्याउन उद्योग वाणिज्य सङ्घको विज्ञप्ति

यसैबीच, हुम्ला उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गर्दै होटल, पसल तथा व्यवसाय नियमित रूपमा सञ्चालनमा ल्याउन व्यवसायीलाई आग्रह गरेको छ । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गरी सुशासित, विवेकशील र संयमित भएर सौहार्दपूर्ण वातावरणमा आफ्नो व्यवसाय उद्योग सञ्चालन गर्न हुन सम्पूर्ण उद्योगीहरूलाई सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले आग्रह गरे ।

केही दिनयतादेखि काठमाडौँसहित देशका विभिन्न सहरहरुमा घटेको घटनाप्रति गम्भीरता र दुःख व्यक्त गर्दै उक्त घटनाले राष्ट्रलाई स्तब्ध बनाउनुका साधै ठूलोमात्रामा जनधनको क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जेनजीको प्रदर्शनका क्रममा दिवङ्गत भएकाहरुप्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

तीनवटै सुरक्षाकर्मीको बजारगस्ती बाक्लियो

जिल्ला सदरमुकाम सिमकोटमा आज बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षा गस्ती बाक्लिएको छ । रानीवन ब्यारेकमा बस्दै आएको नेपाली सेनाले नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले बिहानदेखि बजार गस्तीमा निस्किएको हो ।

सदरमुकामका विभिन्न चोकहरुमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिले नागरिकलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए । बजार क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको उनले बताए ।

विद्यालयसहित गाउँपालिका कार्यालय बन्द

सदरमुकामस्थित सिमकोट गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति सहानुभूति प्रकट गर्दै आफ्ना मातहतमा रहेका सरकारी तथा निजी विद्यालय, प्रत्येक वडा र गाउँपालिका कार्यालयमा शोक बनाउने भन्दै बिदा दिइएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

यस्तै अन्य सरकारी तथा गैरसरकारी कार्यालयसमेत आज बन्द छन् । साथै चङ्खेली गाउँपालिकाले पनि आज शोक बिदा दि

प्रतिक्रिया