भदौ २३ गते १९ जना मारिँदा आफ्नो संलग्नता नरहेको भन्दै घटनाप्रति माफी माग्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफी मागेका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले जेनजीको आक्रोशप्रति पनि माफी मागेका छन् ।
उनले भनेका छन्, ‘म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु ।’
आन्दोलनका क्रममा भएको क्षति अहिलेसम्म भएका आन्दोलनको क्षतिभन्दा बढी भन्दै यो कसका कारण भएको हो, त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताए । ‘मास लेबलको आन्दोलन हुँदा यो लेबलको डिस्कसन भएको छैन । यो कसका कारण भएको हो ? जेनसीको आन्दोलनमो को घुसेर गर्यो रु एक एक छानबिन गरेर कारबाही गर्नुपर्छ,’ थापाले भिडियोमा भनेका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गर्दा त्यो निर्णय नगर्न सबैलाई पटक–पटक भन्दा पनि आफूले नसकेको उनको भनाइ छ ।
आफ्नो निवास जलेको बताउँदै निवास जलाउन हुल आउँदा आफू घरमै रहेको थापाले बताएका छन् । घर जलाउन आउने केही नयाँ पार्टीका मान्छे रहेको र तिनीहरूलाई आफूले राम्रोसँग चिनेको थापाले बताए ।

प्रतिक्रिया