भारत भाग्दै गरेका ७ कैदी बैतडीबाट पक्राउ

नेपालखोज २०८२ भदौ २६ गते १५:१७

काठमाडौं । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट पक्राउ परेका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका-१ सकारबाट उनीहरुलाई पक्राउ गरेको हाे ।

भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला तथा बैतडी घर घएका एक÷एक जना रहेका छन् ।

उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।

‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनएकाे छ ।

प्रतिक्रिया