आइतबारदेखि सर्वोच्च अदालत खुल्ने

नेपालखोज २०८२ भदौ २६ गते १७:०७


काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि खुल्ने भएको छ ।

बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकामानसिंह राउतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सोही बमोजिम यस अदालतमा मिति २०८२/०५/२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।’

सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया