सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु
नेपालखोज
२०८२ भदौ २६ गते १८:००

सङ्खुवासभा । जेन-जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार लागू गरिएको कर्फ्युआदेश आज साँझ ६:०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कायम रहनेछ ।
कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ ।
सम्बन्धित

प्रतिक्रिया