उत्तर कोरियाली उदासिनताका बाबजुद वार्ताका लागि निरन्तर दबाब दिइने : राष्ट्रपति ली

सियोल । उत्तर कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार आफ्नो शान्ति प्रस्तावप्रति उत्तर कोरिया उदासीन रहेको बताए । आफ्नो कार्यकालको १०० औँ दिन पूरा भएको अवसरमा लीले तनाव कम गर्न सरकारले चालेका कदमका बाबजुद अन्तर–कोरियाली सम्बन्ध सुधारमा खासै प्रगति नभएको स्वीकार गरे ।
‘उत्तर कोरियाको व्यवहार चिसो छ । यो हामीले सामना गरिरहेको वास्तविकता हो’, लीले एक पत्रकार सम्मेलनमा भने, ‘खासै प्रगति हुन नसकेको भए पनि हामीले निरन्तर प्रयास गरिरहेका छौँ ।’ राष्ट्रपति लीले संयुक्त राज्य अमेरिकासँगको समन्वयको महत्त्वमा जोड दिनुभयो र भने, ‘प्योङयाङले सियोललाई होइन, वाशिङ्गटनलाई आफ्नो शासनको लागि मुख्य खतराको रूपमा लिन्छ र अन्तर–कोरियाली सम्बन्धभन्दा अमेरिकासँगको सम्बन्धलाई प्राथमिकता दिन्छ ।’
उनले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताका क्रममा आफूले ‘पेसमेकर’को भूमिका निर्वाह गर्ने प्रस्ताव गरेको र ट्रम्पको उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता पुनः सुरु हुने विश्वास व्यक्त गरेका थियो । ‘यदि यी शान्तिपूर्ण प्रयासहरूले अन्ततः एउटा सानो अवसर पनि बाहिर आउनेछ,’ लीले प्योङयाङसम्म पहुँच जारी राख्ने वाचा गर्दै भने ।-रासस/एएफपी








प्रतिक्रिया