भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमार्फत सेनालाई जोडेर गरिएका झुटा र भ्रामक प्रचारप्रति विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
शुक्रबार बिहान जारी विज्ञप्तिमा सेनाले विद्यमान परिस्थितिलाई लिएर विभिन्न टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सार्वजनिक भइरहे पनि नेपाली सेनाले आफ्ना गतिविधि र आधिकारिक धारणा नियमितरूपमा प्रेस विज्ञप्ति र आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ ।
‘तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणमा नेपाली सेनाले आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको गतिविधिबारे विभिन्न हल्ला र अड्कलबाजी फैलिएका थिए । सोहीबारे स्पष्ट पार्दै सेनाले आवश्यक जानकारीका लागि पृतना मुख्यालयसँग प्रत्यक्ष समन्वय गर्न सकिने बताउँदै सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया