राष्ट्रपति र सुशीलाबीचको वार्ता सर्यो
नेपालखोज
२०८२ भदौ २७ गते ११:१९

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति विषयमा आज बिहान ९ बजेका लागि तय भएको राष्ट्रपति निवासको छलफल केही घण्टापछि हुने भएको छ ।
स्रोतका अनुसार वार्तामा रहेका दल र आन्दोलनरत पक्षले आन्तरिक तयारीका लागि समय मागेपछि बैठक सारिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न पक्षसँग परामर्श गरेका थिए ।
दलहरू संसद् कायम राखेर प्रधानमन्त्री चयन गर्नुपर्ने पक्षमा छन् भने जेन–जी आन्दोलन संसद् विघटनको पक्षमा छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन दुवै पक्ष सहमत भए पनि संसद् अनुमोदन प्रक्रियामा अझै सहमति बनेको छैन ।
सम्बन्धित

प्रतिक्रिया