धरान भाटभटेनीभित्र ३ जनाको शव भेटियो
नेपालखोज
२०८२ भदौ २७ गते १७:५५

काठमाडौं । धरानमा रहेको भाटभटनी सुपरमार्केटभित्र ३ जनाको शव भेटिएकाे छ ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा नचिनिने अवस्थामा ३ जनाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।
आगो निभेसँगै आएसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ ।
सम्बन्धित

प्रतिक्रिया