९ घण्टादेखि शीतल निवासमा जेनजी लिडर

नेपालखोज २०८२ भदौ २७ गते १८:२८

काठमाडौं । ९ घण्टादेखि शीतल निवासमा रहेका जेनजी समूहका नेता सुदन गुरुङले अझै राष्ट्रपतिसँग भेट्न पाएका छैन् ।

अन्तरिम सरकार गठनका विषयमा छलफलका लागि शीतलनिवास पुगेका जेनजी समूहका नेता गुरुङले सामाजिक संजालमा आफूलाई राष्ट्रपतिले ९ घण्टादेखि कुराइरहेको उल्लेख गरेका छन् ।

बिहानै शीतल निवासबाट बोलावट भएपछि उनी राष्ट्रपतिसँग कुराकानीका लागि गएका थिए ।

राष्ट्रपति अहिलेसम्म नआइपुगेको भन्दै उनले अरु कर्मचारी वा मध्यस्थकर्तासँग वार्ता नगर्ने अडान राखेका छन् ।

गुरुङले संसद् विघटनको घोषणा र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने माग यथावत् रहेको पनि बताए ।

प्रतिक्रिया