प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन र संसद् बैठक बोलाउन विभिन्न आठ राजनीतिका दलका नेता माग

नेपालखोज २०८२ भदौ २८ गते १८:५४

काठमाडौं । विभिन्न आठ राजनीतिका दलका नेताले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन र संसद् बैठक बोलाउन माग गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीका नेता छन् ।

शनिबार (भदौ २८) संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक ढंगले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा विघटनको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त एवं संवैधानिक परम्पराविपरीत रहेको उनीहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया