प्रधानमन्त्री कार्कीद्वारा पदबहाली
नेपालखोज
२०८२ भदौ २९ गते १२:२९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छिन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।
सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिएका थिए ।
यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया