युवापुस्ताको चाहनाबमोजिम काम गर्न प्रधानमन्त्री कार्की निर्देशन

नेपालखोज २०८२ भदौ २९ गते १३:२१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छन् ।

सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाबमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको स्पष्ट गरिन् ।

प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनःनिर्माणका काम देशमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्र्नेमा जोड दिइन् ।

प्रतिक्रिया