मंगलबार, पुष १, २०८२

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

नेपालखोज २०८२ भदौ २९ गते १३:४१

काठमाडौं । काठमाडौं महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ ।

भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए ।

उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’

प्रतिक्रिया