‘जेनजी’ प्रदर्शनमा भएकाे तोडफोड पार्टीकाे संलग्नता देखिए कारबाही गरे हुन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोडमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोडमा पार्टीसँग कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएका हुन् ।
उनले आधारहीन हल्ला फैलाएर पार्टी आन्दोलनलाई कमजोर बनाउन खोजिएको दाबी गरे । ‘यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया