जेलबाट फरार चार विदेशी कैदीबन्दी पक्राउ
नेपालखोज
२०८२ भदौ २९ गते १९:५१

महेन्द्रनगर (धनुषा) । यहाँ जेलबाट फरार चार जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले पक्राउ पर्नेमा सबै विदेशी नागरिक रहेको जानकारी दिए ।
पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको उनले बताए । उनीहरू ‘जेनजी’ आन्दोलन चर्केपछि भदौ २४ गते नक्खु कारागारबाट भागेको खुलेको छ । उनीहरूलाई भारत विहारको बासोपट्टि क्षेत्रबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया