एसीसी टी–२० एसिया कप : भारतसँग पाकिस्तान ७ विकेटले पराजित

काठमाडौं । भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए ।
भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २–२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १–१ विकेट लिए । भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ ।








प्रतिक्रिया