जेनजी प्रदर्शनका कारण बन्द भएको शेयर कारोबार बिहीबारदेखि पुन: शुरू हुने
नेपालखोज
२०८२ असोज १ गते १०:००

काठमाडौं । जेनजी प्रदर्शनका कारण बन्द भएको शेयर कारोबार बिहीबारदेखि पुन: शुरू हुने भएको छ । शेयर कारोबार यही असोज २ गते अर्थात् बिहीबारदेखि पुन: शुरू हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भए पनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।
बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।
बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया