शरद ऋतुको आरम्भका साथै विश्वकर्मा पूजा !

आज विक्रमको २०८२ साल आश्विन सङ्क्रान्तिका दिन शरद ऋतुको आरम्भका साथै विश्वकर्मा पूजा पर्व पनि हो । भारत वर्षको त्यो प्राचीन काल खण्डको वैज्ञानिक, इन्जिनियर र शिल्पकार विश्व कर्मा बारे छोटकरीमा केही लेख्न मन लागेर लेखेँ।
हाम्रो प्राचीन आर्य धर्म, कानुन, सभ्यता र संस्कृतिको विकासमा जसरी अन्य आर्य ऋषिहरूको भूमिका रहेको थियो, त्यस्तै नै त्यो कालमा बाबा विश्वकर्माको पनि ठुलो देन रहेको थियो भनिन्छ । त्यो बेला वहाँले खाने पानीका लागि कुआं, पानीमा यात्रा गर्न ढुङ्गा जमिनमा रथ, बग्गी, सिकारका लागी घातक हात हतियार, कृषि का लागि कृषि यन्त्रहरूका साथै घरहरू, महलहरू, नगरहरू समेत वहाँले त्यो प्राचीन कालमा निर्माण गरेको पाइन्छ ।
यो बाहेक भगवान् विष्णुको सुदर्शन चक्र, शिवको त्रिशूल, यमराज को काल दण्डको वहाँले निर्माण गर्नु भएको थियो अरे । त्यस्तै भव्य महलहरू, नगरहरू निर्माण क्षेत्रको कार्यमा उहाँले इन्द्र पुरी, वरुण पुरी, कुवेर पुरी, पाण्डव पुरी, हस्तिनापुर जस्ता आदि पर्दछन् ।
अचम्म के छ भने वहाँले त्रेता युग देखि द्वापर युग सम्म यन्त्रहरू, हात हतियारहरू, भव्य महलहरू, नगरहरूको रचना गरेको पाइन्छ । त्यो बेला वैज्ञानिक वा इन्जिनियरलाई विश्वकर्मा भन्ने चलन थियो होला । लेखक लाई ब्यास भने जस्तै । हिन्दु धर्मावलम्बीको चाडपर्वहरू प्रायः ईश्वरसँग जोडिएका हुन्छन् । पुराणका कुराहरू इतिहास नभएर एउटा मिथक भए पनि त्यो हिन्दुहरू लागि यथार्थ जस्तै हो । मिथक हाम्रो युगकालीन स्मृतिको विभिन्न तहहरू मा चट्टान जस्तो भएर बसेको हुन्छ होला ।
मेरो एक जना अनिष्ट मित्रले मलाई भन्ने गर्नु हुन्छ, ‘मिथक एउटा श्रुति भए पनि सत्य हो। जो अधुरो र थपथाप भए पनि हाम्रो पुर्खाको डिएनए बाट आएको चेतन मनको प्रवृत्ति हो । जो आज सम्म पनि सर्दासर्दै हामीसँग अझै सम्म हाम्रो भावनामा जीवितै रहेको छ । कयौँ युगहरू बिते तर त्यस्तो अवशेष हामी र हाम्रा भावी सन्ततिहरू सम्म ती बितेका समयहरू को प्रवाह निरन्तर नदी झैँ बगी रहेको छ ।’
उहाँको यो कुरा सुन्दा मलाई पनि लाग्छ कि मिथकहरूमा मनुष्य जीवन को युग-युरिन स्मृतिहरू समाहित छन् । तर दुक्खको कुरा यो छ कि हाम्रा लोक कथाहरू, मिथकहरू इतिहासका पुराना रचना भएर पनि ती इतिहास मनिदैन् ।
अत्यमा, विश्वकर्मा पूजाको पावन अवसरमा सबैको जीवनमा सफलता, समृद्धि र प्रगतिको उज्यालो छाओस् । तपाईँका श्रम, सीप र उपकरण सदैव शुभ फलदायी होस् ।









प्रतिक्रिया