२४ घण्टाभित्र राजीनामा दिन सीके राउतलाई अल्टिमेटम
नेपालखोज
२०८२ असोज १ गते १८:२०

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवलगायत ६ जना नेताले अध्यक्ष सीके राउतको राजीनामा माग गरेका छन् । जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित आधा दर्जन नेताले उनको अध्यक्ष राउतको राजीनामा माग गरेका हुन् ।
अध्यक्ष डा. राउतलाई पत्र लेखेर २४ घण्टाभित्र राजीनामा दिन उनीहरूले माग गरेका छन् । पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै उनीहरूले राजीनामा माग गरेको पत्रमा उल्लेख छ ।

सम्बन्धित

प्रतिक्रिया