एक लाख घुससहित गाउँपालिकाका लेखा अधिकृत पक्राउ

नेपालखोज २०८२ असोज ३ गते १२:४२

काठमाडाैं । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई एक लाख घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९, मंगलगढी चोकबाट सोमबार उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया